बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • सर्वोच्च अदालतमा आज कति वटा मुद्दा पेशीमा चढ्यो ?


    हुलाक प्रेस

    • बुधबार, वैशाख १७ २०८२१२:१६
    सर्वोच्च अदालतमा आज कति वटा मुद्दा पेशीमा चढ्यो ?

    काठमाडौँ । सर्वोच्च अदालतमा आज ४०५ वटा मुद्दाको पेसी चढेको छ । दुई वटा पूर्णसहित १० वटा इजलासमा सो मुद्दा पेसीमा चढेको हो । 

    सर्वोच्चका अनुसार न्यायाधीशद्वय कुमार रेग्मी र नृपध्वज निरौलाको संयुक्त इजलासमा १३०, टेक प्रसाद ढुंगानाको इजलासमा ३, नित्यानन्य पाण्डेयको इजलासमा ४ वटा मुद्दाको पेसी रहेको छ । 

    यसैगरी नहकुल सुवेदी र सारंगा सुवेदीको संयुक्त इजलासमा ३४, तिलप्रसाद श्रेष्ठ र बालकृष्ण ढकालको संयुक्त इजलासमा २४ वटा मुद्दाको पेसी रहेको छ । 

    यस्तै अब्दुल अजीज मुसलमान र सुनिल कुमार पोखरेलको संयुक्त  इजलासमा २, सपना प्रधान मल्ल र विनोद शर्माको पूर्ण इजलासमा ३१, सपना मल्ल र बालकृष्ण ढकालको अर्को पूर्ण इजलासमा एउटा मुद्दा पेसी चढेको छ । 

    यस्तै टेकप्रसाद ढुंगाना र नित्यानन्द पाण्डेयको संयुक्त इललासमा १२९ वटा मुद्दाको पेसी रहँदा अब्दुल अजीज मुसलमान र सुनिल कुमार पोखरेलको अर्को संयुक्त इजलासमा ४७ वटा मुद्दा पेसीमा रहेको छ । 


    प्रतिक्रिया दिनुहोस