काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरी रिहा भएका छन् ।
सर्वोच्च अदालतले चौधरीलाई थुनामुक्त गर्न आधिकारीक पत्र पठाएपछि उनी रिहा भएका हुन् ।
बुधबार अधिकृत महिमानसिंह विष्टलले चौधरीलाई पक्राउ गर्न पत्र पठाएपछि जनमत पार्टीसँगको एकता कार्यक्रमको ठिक अघि दिउँसो १ बजे प्रहरीले उनलाई पक्राउ गरेको थियो ।
विष्टले पठाएको पत्रको आधारमा चौधरी पक्राउ भएसँगै उक्त पत्रको आधिकारीकतामाथि नै प्रश्न उठेपछि सर्वोच्च अदालतले थुनामुक्त गर्न पुन अर्को पत्र पठाएको थियो ।
सो पत्रको आधारमा चौधरीलाई केही बेर अगाडी डिल्लीबजार कारागारबाट छाडिएको हो ।