बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • सिँचाइ विकास डिभिजन बसुन्धराका सव इन्जिनियर केसी भ्रष्टाचार मुद्दामा दोषी ठहर


    विद्या राजपुत

    • शुक्रबार, मंसिर २९ २०८००६:०८
    सिँचाइ विकास डिभिजन बसुन्धराका सव इन्जिनियर केसी भ्रष्टाचार मुद्दामा दोषी ठहर

    काठमाडौं । विशेष अदाललते जलश्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय, बसुन्धरा, काठमाडौंमा कार्यरत सव–इन्जिनियर दिपेन्द्र कुमार केसीलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ।

    न्यायाधीशहरु टेकनारायण कुँबर,रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले उनलाई दोषी ठहर गर्ने फैसला सुनाएको हो।

    विशेष अदालतले शुक्रबार केसीलाई भ्रष्टाचारी ठहर गर्दै बिगो,जरिवाना र कैदको सजाय सुनाएको हो।  कलभर्ट निर्माण कार्यको ठेक्का सम्झौता बमोजिम कार्य सम्पन्न गरी अन्तिम बिल भुक्तानी दिने क्रममा सेवाग्राहीसँग २ लाख घुस लिँदै गर्दा अख्तियारको टोलीले उनलाई पक्राउ गरेको थियो।

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध २०७८ मंसिर ६ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो। अख्तियारले पक्राउ परेको घुसको रकमसहित बिगो, जरिवाना र भ्रष्टाचार निवारण ऐन अनुसार कैद हुनुपर्ने दावी गरेको थियो।

    अख्तियारले केसीलाई घुस लिइसकेको अवस्थामा २०७८ असोज १९ गते पक्राउ गरेको थियो। अनुसन्धानपछि विशेषमा मुद्दा दायर गरेको थियो।

     


  • सम्बन्धित विषय:

  • # विशेष अदालत


  • प्रतिक्रिया दिनुहोस