बुधबार, असोज २८ गते २०८३
  • यो साता चर्चामा :
  • अन्तरिक्ष अनुसन्धान: मानव स्वास्थ्य र प्रविधिमा नयाँ सम्भावनाको ढोका


    हुलाक प्रेस

    • सोमबार, वैशाख २२ २०८२०९:१४
    अन्तरिक्ष अनुसन्धान: मानव स्वास्थ्य र प्रविधिमा नयाँ सम्भावनाको ढोका

    काठमाडौं । चीनको तियानगोंग अन्तरिक्ष केन्द्रमा गरिएको २५ ओटा वैज्ञानिक परीक्षणबाट जम्मा करिब ३७ किलोभन्दा बढी नमूना बुधबार पृथ्वीमा ल्याइएको छ ।

    यी सामग्रीहरू शेन्जोउ-१९ नामको यानमार्फत ल्याइएका हुन् । यो आठौँ पटक अन्तरिक्षबाट यस्तो नमूना ल्याइएको हो । चीनको विज्ञान प्रतिष्ठानका अनुसार, यी नमूनाहरू जीवन विज्ञान, नयाँ प्रविधि र पदार्थसम्बन्धी प्रयोगहरूबाट सङ्कलन गरिएका हुन् ।

    जीवन विज्ञानसँग सम्बन्धित केही नमूना अति संवेदनशील भएकाले तिनलाई तुरुन्तै अवतरणस्थलबाट बेइजिङ ल्याइएको हो । बुधबार राति जाँचपछि वैज्ञानिकहरूलाई थप अनुसन्धानका लागि हस्तान्तरण गरिएको छ ।

    यस पटक २० प्रकारका जैविक नमूना फर्काइएको छ, जुन अहिलेसम्मकै सबैभन्दा धेरै हो । यसमा हड्डीका कोष, मानिसका मूल कोष, मानिस र जनावरका भ्रूण, प्रोटिन तथा झिँगाहरू रहेका छन् ।

    वैज्ञानिकहरूले यी नमूनाबाट गुरुत्व नभएको अवस्थामा शरीरमा पर्ने असर, हड्डी कमजोर हुने कारण, कोषको वृद्धि, क्यान्सरको सम्भावना र अन्य स्वास्थ्यसँग सम्बन्धित विषयहरूबारे अध्ययन गर्ने योजना बनाएका छन् । झिँगामाथि गरिने अध्ययनले अन्तरिक्षको फरक वातावरणमा जीवले कसरी बाँच्ने क्षमता बनाउँछ भन्ने बुझ्न मद्दत गर्नेछ ।

    यी अनुसन्धानहरूले अन्तरिक्ष यात्राका क्रममा मानिसको स्वास्थ्य जोगाउनका साथै पृथ्वीमा गरिने उपचार र अनुसन्धानमा पनि उपयोगी हुने अपेक्षा गरिएको छ ।

    यी अध्ययनहरूले भविष्यका अन्तरिक्ष यात्रा, चन्द्र सतहमा संरचना बनाउने काम र विशेष सामग्रीको विकासमा ठूलो टेवा पुग्ने विश्वास गरिएको छ । रासस/सिन्ह्वा


    प्रतिक्रिया दिनुहोस