बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • न्याय परिषद्ले सबै न्यायाधीशसँग माग्यो एक/एक वटा फैसलाको प्रमाणित प्रतिलिपि


    हुलाक प्रेस

    • बुधबार, वैशाख ३१ २०८२०८:५२
    न्याय परिषद्ले सबै न्यायाधीशसँग माग्यो एक/एक वटा फैसलाको प्रमाणित प्रतिलिपि

    काठमाडौँ । अबदेखि देशभरका सबै न्यायाधीशहरूले हरेक दुई महिनामा एक/एकवटा फैसलाको प्रमाणित प्रतिलिपि न्याय परिषद्मा पठाउनुपर्ने भएको छ । 

    परिषद्ले मंगलबार सबै अदालत तथा न्यायाधीकरणहरूलाई  परिपत्र गर्दै आफूले गरेका फैसलामध्ये प्रत्येक दुई महिनामा आफैँले चयन गरी फैसलाको प्रतिलिपि तथा सोको विद्युतीय कपी पठाउन भनेको हो ।

    ती फैसला साउन र असोज महिनाबाहेक अन्य महिनामा गरेको हुनुपर्ने परिपत्रमा उल्लेख गरिएको छ । परिषद्ले उच्च र जिल्लासहित विशेष, श्रम, उपभोक्ता, प्रशासकीय, बाल अदालत र सबै न्यायाधीकरणहरूमा सो परिपत्र गरेको हो । 

    फैसला लेखनको गुणस्तर अभिवृद्धि गर्ने लक्ष्यका साथ वैशाख महिनादेखि लागू हुनेगरी हरेक दुई महिनामा फैसलाको प्रतिलिपि पठाउन परिपत्र गरिएको परिषद्का सहसचिव/प्रवक्ता अशोककुमार क्षेत्रीले बताए । 

    परिषद्को वैशाख २५ गते बसेको बैठकले उक्त निर्णय गरेको हो ।


    प्रतिक्रिया दिनुहोस