बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • चीनले गर्‍यो नयाँ सञ्चार उपग्रह सफलतापूर्वक प्रक्षेपण


    हुलाक प्रेस

    • बुधबार, जेठ ७ २०८२०८:३८
    चीनले गर्‍यो नयाँ सञ्चार उपग्रह सफलतापूर्वक प्रक्षेपण

    हाइनान । चीनले मंगलबार साँझ हाइनान प्रान्तको वेनचाङ अन्तरिक्ष प्रक्षेपण केन्द्रबाट नयाँ सञ्चार उपग्रह सफलतापूर्वक प्रक्षेपण गरिएको जनाएको छ ।

    ‘चाइना–स्याट ३बी’ नामको उक्त उपग्रहलाई साँझ ७ः५० बजे लङ मार्च नामक रकेटमार्फत प्रक्षेपण गरिएको हो । उपग्रहले पूर्वनिर्धारित कक्षमा सफलतापूर्वक स्थान लिन सफल भएको छ ।

    यो उपग्रहमार्फत स्वर सञ्चार तथ्य आदानप्रदान, रेडियो तथा टेलिभिजन प्रसारण सेवा प्रदान गरिने अपेक्षा गरिएको छ ।

    लङ मार्च रकेट शृंखलाको यो ५७७औँ उडान हो । यसलाई एक महत्त्वपूर्ण उपलब्धिका रूपमा लिइएको छ । रासस/सिन्ह्वा


    प्रतिक्रिया दिनुहोस