बुधबार, असोज २८ गते २०८३
  • यो साता चर्चामा :
  • दक्षिण भारतका यी राज्यहरुमा भारी वर्षासम्बन्धी रेड अलर्ट जारी


    हुलाक प्रेस

    • सोमबार, जेठ १२ २०८२१०:३३
    दक्षिण भारतका यी राज्यहरुमा भारी वर्षासम्बन्धी रेड अलर्ट जारी

    नयाँ दिल्ली ।  भारतीय मौसम विज्ञान विभाग (आईएमडी)ले दक्षिण भारतका तीन राज्यहरू कर्नाटक, केरला र तमिलनाडुको लागि रेड अलर्ट जारी गरेको छ । 

    यी राज्यहरूमा सोमबार भारी वर्षाको चेतावनी जारी गरिएको छ । मौसम विभागले राजस्थानमा लूसम्बन्धी चेतावनी समेत जारी गरेको छ । 

    साथै, बिहार, मध्य प्रदेश र महाराष्ट्रमा पनि तेज हावासँगै वर्षा हुने अनुमान गरिएको छ । आगामी दिनहरूमा दक्षिणपश्चिम मनसुन मध्य अरब सागरका केही अरू भागहरू, महाराष्ट्र, कर्नाटक, आन्ध्र प्रदेश, तमिलनाडु, बंगालको खाडी र उत्तरपूर्वी राज्यका हिस्साहरूमा अगाडि बढ्नको लागि अनुकूल अवस्था रहेको पनि विभागले बताएको छ ।

     


    प्रतिक्रिया दिनुहोस