बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • गभर्नर पौडेलविरुद्ध सर्वोच्चमा रिट दर्ता


    हुलाक प्रेस

    • मंगलबार, जेठ १३ २०८२०१:४५
    गभर्नर पौडेलविरुद्ध सर्वोच्चमा रिट दर्ता

    काठमाडौँ । नवनियुक्त गभर्नर विश्वनाथ पौडेलविरुद्ध सर्वोच्च अदालतमा मंगलबार रिट दर्ता भएको छ ।

    अधिवक्तात्रय विशाल थापा, प्रतिभा उप्रेती र अनन्तराज लुइँटेलले पौडेलको नियुक्ति बदरको माग गर्दै  सर्वोच्चमा रिट दर्ता गरेका हुन् ।

    गभर्नर पौडेलको नियुक्तिविरुद्धको रिटमा विभिन्न चारवटा मागदाबी गरिएको छ ।

    रिटमा विश्वनाथ पौडेललाई नोटमा हस्ताक्षर नगर्न अन्तरिम आदेशको माग, गभर्नर सिफारिस समितिका नेपाली कांग्रेसबाट तोकिएका सदस्य डा पौडेललाई म्याच फिक्सिङको शैलीमा नियुक्तिको तयको आरोप , गभर्नर सिफारिस र नियुक्ति गर्ने कार्य गैरकानुनी दावी गरिएको छ । 


    प्रतिक्रिया दिनुहोस