बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • नेपाली भाषा बोलेमा कारबाही गर्ने विद्यालयहरूविरुद्ध सर्वोच्च अदालतमा रिट


    हुलाक प्रेस

    • मंगलबार, जेठ १३ २०८२१०:२२
    नेपाली भाषा बोलेमा कारबाही गर्ने विद्यालयहरूविरुद्ध सर्वोच्च अदालतमा रिट

    काठमाडौँ । काठमाडौँसहित राजधानीबाहिरका निजी विद्यालयहरूले अङ्ग्रेजी भाषालाई प्राथमिकतामा राख्दै नेपाली बोलेमा कारबाही, जरिवाना र मानसिक तनाव दिने क्रम बढेपछि त्यसविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । 

    मंगलबार कानुनका विद्यार्थीहरू आयुष बडाल, स्मृति अधिकारी र विवेक बख्रेलले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय, निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) र काठमाडौँ महानगरपालिका समेतलाई विपक्षी बनाउँदै रिट दर्ता गरेका हुन् । रिटमाथि बुधबार पेसी तोकिएको छ ।

    विद्यालयहरूले विद्यार्थीलाई विद्यालय परिसरमा नेपाली भाषा बोल्न नदिने, बोलेमा जरिवाना तिराउने, अपमान गर्ने र मानसिक दबाब दिने जस्ता दण्डात्मक क्रियाकलाप गरिरहेकाले मातृभाषामा शिक्षा आर्जन गर्न पाउने विद्यार्थीको संवैधानिक मौलिक हक सुनिश्चित गर्न आवश्यक कदम चाल्न आदेश गरी विपक्षीका नाममा परमादेशको माग निवेदकले गरेका छन् ।

    विद्यालय परिसरमा नेपाली बोल्न नदिने र मानसिक दबाब दिने कार्य भएपछि अभिभावकहरूले काठमाडौँ महानगरपालिका नगर कार्यपालिकाको कार्यालयमा उजुरी समेत दिएका थिए । 

    उजुरीउपर छानबिन गरी कसूरदार पत्ता लगाउने तथा मुद्दा चलाइ कारबाही गर्नुपर्नेमा महानगरले सामान्य कामचलाउ निर्देशिका जारी गरी पन्छिन खोजेको आरोप निवेदकको छ ।


    प्रतिक्रिया दिनुहोस