बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • प्रदुषण न्यूनीकरण गर्न काठमाडौँका उद्योगहरु उपत्यका बाहिर सारिने


    हुलाक प्रेस

    • बिहीबार , जेठ १५ २०८२०५:००
    प्रदुषण न्यूनीकरण गर्न काठमाडौँका उद्योगहरु उपत्यका बाहिर सारिने

    काठमाडौँ । काठमाडौँको प्रदूषण न्यूनीकरण गर्न उपत्यकाभित्र सञ्चालित उद्योगहरूलाई उपत्यका बाहिर स्थानान्तरण गरिने भएको छ ।

    संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट प्रश्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले उक्त जानकारी दिएका हुन् ।

    उनले राजधानी क्षेत्रको प्रदूषण नियन्त्रण गर्ने उद्देश्यले उद्योगहरूलाई उपत्यका बाहिरका औद्योगिक क्षेत्रहरूमा स्थानान्तरण गर्न प्रोत्साहित गर्ने नीति सरकारले लिएको बताए ।

    अर्थमन्त्री पौडेलका अनुसार स्थानान्तरण गरिने उद्योगलाई निःशुल्क लिजमा जग्गा उपलब्ध गराइने व्यवस्था मिलाइएको छ ।


    प्रतिक्रिया दिनुहोस