बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • कोसीमा मनसुनी वर्षा शुरु, अरु प्रदेशमा पश्चिमी र स्थानीय वायुको प्रभाव


    हुलाक प्रेस

    • आइतबार, जेठ १८ २०८२०८:१३
    कोसीमा मनसुनी वर्षा शुरु, अरु प्रदेशमा पश्चिमी र स्थानीय वायुको प्रभाव

    काठमाडौं । हाल देशको पश्चिम र मध्य भूभागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ भने कोसी प्रदेशका अधिकांश भूभागमा मनसुनी वायुको प्रभाव रहेको छ ।

    आज आइतबार दिउँसो कोसी, मधेस, बागमती र गण्डकी प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहने मौसम पूर्वानुमान शाखाले जनाएको छ । 

    कोसी, मधेस, बागमती र गण्डकी प्रदेशलगायत देशका पहाडी भूभागका थोरै स्थानमा र बाँकी भूभागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । 

    देशका उच्चपहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ । 

    आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । कोसी, मधेस, बागमती र गण्डकी प्रदेशलगायत देशको पहाडी भूभागका थोरै स्थानमा र बाँकी भूभागका ए–(दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। 

    देशको उच्चपहाडी तथा हिमाली भूभागका ‍एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।


    प्रतिक्रिया दिनुहोस