एजेन्सी । भारतीय अभिनेत्री कंगना रनावत सन् २०२४ मा भारतमा हुन लागेको लोकसभा चुनावमा भाग लिन तयार रहेको जनाइएको छ ।
भारतीय जनता पार्टीले टिकट दिएमा आगामी चुनावमा भाग लिन कंगना तयार भएको उनको बुवाले मिडियालाई बताएको भारतीय सञ्चार माध्यममा उल्लेख छ ।
हिमाचल, महाराष्ट्र वा उत्तर प्रदेशबाट भाजपाले कंगनालाई चुनावी मैदानमा उतार्न सक्ने उनको वुवाले बताएको उल्लेख छ । हिमाचल प्रदेश कंगनाको संसदीय क्षेत्र पनि हो ।
हालै कंगनाले भाजपाका राष्ट्रिय अध्यक्ष जेपी नड्डासँग आइतबार कुल्लुमा भेट गरेकी थिइन् । यसैविच उनले भाजपाबाट लोकसभा चुनाव लड्न सक्ने अड्कल काट्न थालिएको थियो । उनले अध्यक्ष नड्डासँग लगातार भेट गर्दै आएकी छन् । यसअघि पनि कंगनाले भाजपाका अन्य नेताहरुसँग भेटलाई बाक्लो गराएकी छन् ।
यसअघि महाराष्ट्रका पुर्व सरकार उद्दव ठाकरेसँग कंगनाको राम्रो सम्बन्ध छैन । शिव सैनिकले कंगनाको कार्यलयमा तोडफोड समेत गरेका थिए । यसैकारण कंगनालाई केन्द्र सरकारले वाइ प्लस श्रेणीको सुरक्षा उपलव्ध गराएको थियो । यसपछि कंगना भाजपासँग बढी नजिकिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।