शुक्रबार, असोज ३० गते २०८३
  • यो साता चर्चामा :
  • भारतमा कोभिडबाट झन्डै ४ हजार विरामी, २४ घण्टामा ४ जनाको मृत्यु


    हुलाक प्रेस

    • सोमबार, जेठ १९ २०८२१२:३८
    भारतमा कोभिडबाट झन्डै ४ हजार विरामी,  २४ घण्टामा ४ जनाको मृत्यु

    नयाँ दिल्ली । भारतमा कोरोना भाइरस (कोभिड–१९) फेरि फैलिन थालेको छ । भारतीय स्वास्थ्य मन्त्रालयको पछिल्लो तथ्याङ्क अनुसार, देशभर सक्रिय कोरोना भाइरस बिरामीहरूको सङ्ख्या ३ हजार ९६१ पुगेको छ । 

    बिरामीको सङ्ख्या बढेसँगै पछिल्लो २४ घण्टामा चार जनाको मृत्यु समेत भएको स्वास्थ्य मन्त्रालयले बताएको छ । मर्ने मध्ये एक जना दिल्लीका हुन् भने अरू जना तमिलनाडु, महाराष्ट्र र केरलाका हुन् । 

    यसरी, कोरोना भाइरसको ताजा प्रकोप देखिन थालेयता भारतभरमा ३२ जना सङ्क्रमितले ज्यान गुमाएका छन् । 

    यसैबिच दिल्लीमा २२ वर्षीया युवतीको कोरोना सङ्क्रमणबाट मृत्यु भएको समाचारमा उल्लेख छ । स्वास्थ्य विभागका अनुसार, ती युवतीलाई पहिले नै क्षयरोग, फोक्सोको रोग र श्वासप्रश्वास नलीको सङ्क्रमण जस्ता गम्भीर रोग थिए । अस्पतालमा उपचारको क्रममा मृत्यु उनको मृत्यु भएको बताइएको छ । 


    प्रतिक्रिया दिनुहोस