बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • सुनको मूल्यमा सामान्य वृद्धि


    हुलाक प्रेस

    • बिहीबार , जेठ २२ २०८२१०:५७
    सुनको मूल्यमा सामान्य वृद्धि

    काठमाडौँ । अन्तरराष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ ।

    बुधबारको तुलनामा आज सुन तोलामा रु पाँच सयले बढेको छभने चाँदीको भाउ स्थिर छ । 

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मोल रु एक लाख ९३ हजार ७०० कायम भएको छभने सोही परिमाणको चाँदीको मूल्य रु दुई हजार ७५ निर्धारण भएको छ । 

    अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुनको मूल्य तीन हजार ३८९ डलर कायम भएको अन्तरराष्ट्रिय सञ्चारमाध्यमरूले जनाएका छन् । 


    प्रतिक्रिया दिनुहोस