बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • अमेरिकाबाट कम्तिमा ४० नेपाली डिपोर्ट, चार्टर्ड विमानबाट आज काठमाडौं आउँदै


    हुलाक प्रेस

    • आइतबार, जेठ २५ २०८२०८:४८
    अमेरिकाबाट कम्तिमा ४० नेपाली डिपोर्ट, चार्टर्ड विमानबाट आज काठमाडौं आउँदै

    काठमाडौं । अमेरिकाबाट डिपोर्ट गरिएका थप नेपालीहरु आज काठमाडौं आउँदैछन् । उनीहरुलाई अमेरिकाले चार्टर्ड विमानमार्फत् काठमाडौं फर्काइदिएको छ ।

    नेपालको अध्यागमन कार्यालय स्रोतका अनुसार नेपालीहरु सवार अमेरिकी चार्टर्ड विमान आइतबार अपराह्न सवा चार बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने छ ।

    अध्यागमन स्रोतका अनुसार अमेरिकाले डिपोर्ट गरेका नेपालीहरुको संख्या कम्तिमा ४० जनासम्म हुन सक्ने अनुमान छ । सुरुमा ४८ जना नेपालीलाई डिपोर्ट गर्ने तयारी गरिए पनि पछि केही नेपालीहरु रोकिएकाले संख्या थोरै कम हुनसक्ने अनुमान गरिएको हो ।

    अमेरिकाले चार्टर्ड गरेको विमान डिपोर्ट गरिएका विभिन्न देशका नागरिकहरुलाई छाड्दै–छाड्दै आज अपराह्न सवा चार बजे काठमाडौं आइपुग्ने र फर्किने छ ।

    राष्ट्रपति डोनाल्ड ट्रम्पले पछिल्लोपटक सत्ता सम्हालेपछि अमेरिका सरकारले आप्रवासीहरुमाथि कडाइ गर्दै आएको छ । भिसा प्रक्रिया पूरा नगरेका, भिसा अवधिभन्दा बढी समय बसेका र चालचलन राम्रो नभएकाहरुलाई अमेरिकाले नियन्त्रणमा लिएर उनीहरुकै देश फर्काइरहेको छ । अमेरिकी सरकारको सोही नीति अनुसार नेपालीहरुलाई पनि डिपोर्ट गर्दै आएको छ ।


    प्रतिक्रिया दिनुहोस