बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • सुनको मूल्य एकै दिन तोलामा तीन हजारले घटयो


    हुलाक प्रेस

    • आइतबार, जेठ २५ २०८२१२:३९
    सुनको मूल्य एकै दिन तोलामा तीन हजारले घटयो

    काठमाडौं । नेपाली बजारमा आइतबार (जेठ २५) सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा तीन हजार रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    यस दिन छापावाल सुनको मूल्य तोलाको एक लाख ९० हजार ७०० रुपैयाँ कायम छ । गएको शुक्रबार (जेठ २३) छापावाल सुन प्रतितोला एक लाख ९३ हजार ७०० रुपैयाँमा किनबेच भएको थियो ।

    चाँदीको मूल्य पनि तोलामा पाँच रुपैयाँले घटेको छ । चाँदी प्रतितोला दुई हजार १४५ रुपैयाँमा खरिद–बिक्री भइरहेको महासंघले जनाएको छ । शुक्रबार चाँदी प्रतितोला दुई हजार १५० रुपैयाँमा कारोबार भएको थियो ।


    प्रतिक्रिया दिनुहोस