काठमाडौँ । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ अस्पताल) महाराजगन्जले करार सेवामा काम गर्नेगरि १८ जना कर्मचारी माग गरेको छ।
अस्पताल प्रशासनले आज सूचना जारी गर्दै कानुनी सल्लाहकारदेखि प्राविधिक अधिकृतसम्म १८ जना कर्मचारी माग गरेको हो ।
आन्तरिक स्रोतबाट तलब भत्ता उपलब्ध गराउने गरी रिक्त अस्थायी दरबन्दीमा यो भर्ना प्रक्रिया अगाडि बढाएको सूचनामा उल्लेख छ। २१ वर्ष पूरा भएर ४५ वर्ष ननाघेका इच्छुक उम्मेदवारहरूले आगामी असार १० गतेसम्म आवेदन दिन सक्नेछन्।