बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • संबैधानिक नियुक्ति विवादमा निर्णय सुनाउनअघि न्यायाधीशहरु छलफलमा जुटे


    हुलाक प्रेस

    • बुधबार, जेठ २८ २०८२०२:२७
    संबैधानिक नियुक्ति विवादमा निर्णय सुनाउनअघि न्यायाधीशहरु छलफलमा जुटे

    काठमाडौँ । संवैधानिक नियुक्ति विवादमा निर्णय सुनाउनुअघि न्यायाधीशहरूबीच छलफल जारी छ । 

    सर्वोच्च अदालतको संवैधानिक इजलासमा प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतका साथै न्यायाधीशहरू सपना प्रधान मल्ल, मनोजकुमार शर्मा, कुमार चूडाल र नहकुल सुवेदी छलफलमा जुटेका हुन् । 

    बिहान गोला प्रक्रिया सकेर इजलास सुरू हुनेबित्तिकै प्रधानन्यायाधीश राउतले संवैधानिक नियुक्ति विवादका कागजात झिकाएका थिए । त्यसपछि सबै न्यायाधीश च्याम्बरमा छलफल गरिरहेको सर्वोच्च स्रोतले जानकारी दिएको छ । आज सर्वोच्च अदालतमा ३ वटा संवैधानिक इजलास गठन भएका छन् । 

    तीमध्ये एउटा इजलासमा संवैधानिक नियुक्ति विवादको निर्णय सुनाउने तोकिएको छ भने अर्को इजलासमा कोसी प्रदेशका कर्मचारीहरूको विवादमा निर्णय सुनाउने भनिएको छ । अर्को संवैधानिक इजलासमा भने नियमित प्रकृतिका मुद्दाहरू छन् । संवैधानिक नियुक्ति विवाद हेरिरहेको इजलासमा भएका केही न्यायाधीश अर्को इजलासमा छैनन् ।

    कोसी प्रदेशका कर्मचारीको विवादमा निर्णय सुनाउने र नियमित प्रकृतिका मुद्दा हेर्ने इजलासमा प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत तथा न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार रेग्मी, हरिप्रसाद फुयाल र मनोजकुमार शर्मा छन् ।


    प्रतिक्रिया दिनुहोस