काठमाडौं । न्याय परिषद् सदस्यमा वरिष्ठ अधिवक्ता महेशकुमार नेपालको नाम सिफारिस गरिएको छ । न्याय परिषद् सदस्यमा सरकारको सिफारिसमा राष्ट्रपतिले नियुक्त गर्ने कोटाअन्तर्गत उनको नाम दिइएको हो ।
न्याय परिषद्मा यसअघि सिफारिस सदस्य रामप्रसाद भण्डारीको कार्यकाल आउँदो असार १० गते सकिँदै छ । उनका स्थानमा प्रधानमन्त्रीले नेपालको नाम सिफारिस गरेका हुन् । संघीय संसद्अन्तर्गतको संसदीय सुनुवाइ समितिले नाम अनुमोदन गरे राष्ट्रपतिले नियुक्त गर्न सक्ने व्यवस्था छ ।