काठमाडौँ । बिहीबार (१२ जुन) दिउँसो भारतस्थित गुजरातको अहमदाबादमा एयर इन्डियाको यात्रुवाहक विमान बोइङ ७३७ खसेको छ ।
दुर्घटनाको सार्वजनिक तस्बिरमा डरलाग्दो धुवाँको मुस्लो देखिएको छ । दुर्घटनास्थल अहमदाबादको मेघानीनगर क्षेत्र हो ।
भारतीय सञ्चारमाध्यमका अनुसार विमानमा १३३ यात्रु थिए । विमान टुक्राटुक्रा भएको छ। उद्धार जारी छ । तस्बिरमा विमानको एउटा पखेटा पंखा भाँचिएर खसेको देखिन्छ ।