बुधबार, असोज २८ गते २०८३
  • यो साता चर्चामा :
  • अहमदावादमा दुर्घटना भएको एअर इण्डियाको विमानमा थिए २ सय ४२ यात्रु


    हुलाक प्रेस

    • बिहीबार , जेठ २९ २०८२०२:५५
    अहमदावादमा दुर्घटना भएको एअर इण्डियाको विमानमा थिए २ सय ४२ यात्रु
    फाइल तस्बिर

    काठमाडौं । गुजरातको अहमदावादमा दुर्घटनामा परेको विमानमा २ सय ४२ जना यात्रु सवार रहेको भारतीय सञ्चार माध्यमले जनाएका छन् । भारतीय समाचार संस्था एएनआईका अनुसार बिहीबार दिउँसो दुर्घटनामा परेको एअर इण्डियाको विमानमा २ सय ४२ जना यात्रु सवार थिए ।

    लण्डनका लागि उडान भरेको बोइङ ७८७ ड्रिमलाइन विमान अहमदावादस्थित सरदार बल्लभभाइ पटेल अन्तर्राष्ट्रिय विमानस्थलमा टेकअफ लगत्तै दुर्घटनामा परेको हो । अहिले उद्धारका लागि घटनास्थलमा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

    घटनास्थलबाट सार्वजनिक तस्बिरमा धुवाँको कालो मुस्लो उडिरहेको देखिन्छ । भारतीय टेलिभिजन एबीपीले उल्लेख गरेअनुसार विमानस्थलको बाउण्ड्रीमा कुनै भवन वा पर्खालमा ठोक्किएर विमान दुर्घटना भएको हुनसक्ने प्रारम्भीक आशंका गरिएको छ ।


    प्रतिक्रिया दिनुहोस