बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • दुर्घटनाग्रस्त विमानमा गुजराजतका पूर्वमुख्यमन्त्री रुपाणी पनि थिए सवार


    हुलाक प्रेस

    • बिहीबार , जेठ २९ २०८२०३:२५
    दुर्घटनाग्रस्त विमानमा गुजराजतका पूर्वमुख्यमन्त्री रुपाणी पनि थिए सवार

    काठमाडौं  । एयर इन्डियाको दुर्घटनाग्रस्त विमानमा गुजरातका पूर्वमुख्यमन्त्री पनि सवार रहेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

    गुजरातका पूर्वमुख्यमन्त्री विजय रुपाणी उक्त विमानमा सवार रहेको बताइएको हो । भारतीय जनता पार्टीबाट रुपाणी सन् २०१६ देखि २०२१ सम्म गुजरातको मुख्यमन्त्री रहेका थिए ।

    अहमदाबादबाट लन्डनका लागि उडान भरेको एयर इन्डियाको एआई१७१ फ्लाइट नम्बरको उडान केही मिनेटमै दुर्घटना भएको थियो। उक्त विमान अहमदाबादको मेघानी नगरमा दुर्घटना भएको हो । विमानमा क्रुसहित २४२ जना सवार रहेको बताइएको छ । 


    प्रतिक्रिया दिनुहोस