बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • उपचारमा लापरबाही मुद्दामा ॐ अस्पताललाई ५० लाख ७० हजार क्षतिपूर्ति भराउने फैसला


    हुलाक प्रेस

    • बिहीबार , जेठ २९ २०८२०९:४२
    उपचारमा लापरबाही मुद्दामा ॐ अस्पताललाई ५० लाख ७० हजार क्षतिपूर्ति भराउने फैसला

    काठमाडौं । उपचारमा लापरबाही गरेको मुद्दामा ॐ अस्पताललाई ५० लाख ७० हजार रुपैयाँ क्षतिपूर्ति तिर्नुपर्ने फैसला भएको छ। उपभोक्ता अदालतको राम प्रसाद शर्मा अध्यक्ष, गेहेन्द्रराज रेग्मी सदस्य र आनन्दराज पोखरेल सदस्य रहेको इजलासले उक्त फैसला गरेको स्रेस्तेदार शोभाकर खरेलले जानकारी दिए ।

    खरेलले भने,'बसन्त गौतमले आफ्नो बुवा उपचारमा लापरबाही भएको भन्दै ५ करोड क्षतिपूर्ति पाउँ भनेर  दायर गरेको मुद्दामा ५६ लाख ८१ हजार रुपैयाँ क्षतिपुर्ती भराउने आदेश भएको छ । अस्पताललाई ८० प्रतिशत र उपचारमा संलग्न २ चिकित्सकलाई ३ लाख ५ हजारका दरले २० प्रतिशत क्षतिपूर्ति भराउने आदेश भएको हो ।'

    आफ्ना बुवा हरिहर प्रसाद गौतमको उपचारमा लापरबाही गरेको भन्दै छोरा बसन्त गौतमले मुद्दा दायर गरेका थिए । उजुरीकर्ताका अनुसार ९८ वर्षको उनी २०८१ माघ ५ मा बाथरुममा जाने क्रममा लडेर खुट्टा टेक्न नसक्ने अवस्थामा भएपछि बेडमा बस्दा बेडबाट समेत लडेपछि चाबहिलस्थित ॐ हस्पिटलको इमरजेन्सीमा उपचार गर्न लिइएको थियो ।

    इमरजेन्सीमा कार्यरत सामान्य चेकजाँच पश्चात एक्सरे अध्ययन गरी खासै केही नभएको भन्दै दुखाइ कम हुने इन्जेक्सन दिएर केही औषधि लेखि डिस्चार्ज गरेको उजुरीमा उल्लेख छ । 

    डिस्चार्ज गरेको ४ दिन पश्चात समेत दुखाइ कम नभएपछि हामी परिवारका अर्को निजी अस्पतालमा लैजाँदा खुट्टा फ्याक्चर भएको देखिएको बताइएको छ । सही उपचार नगरी लापरबाही भएका कारण अन्य स्वास्थ्य जोखिम उत्पन्न भएर पिताको ज्यान गएको भन्दै उनले ५ करोड क्षतिपूर्ति पाउँ भन्दै मुद्दा दायर गरेका थिए । 


    प्रतिक्रिया दिनुहोस