शुक्रबार, असोज ३० गते २०८३
  • यो साता चर्चामा :
  • मुद्दाको झगडियासँग सहबास प्रस्ताव राखेको आरोपमा रसुवाका न्यायाधीश न्याय परिषद तानिए


    हुलाक प्रेस

    • बिहीबार , जेठ २९ २०८२१०:५०
    मुद्दाको झगडियासँग सहबास प्रस्ताव राखेको आरोपमा रसुवाका न्यायाधीश न्याय परिषद तानिए

    काठमाडौँ । जिल्ला अदालत रसुवाका न्यायाधीश भुवनसिंह थापा छानबिनमा तानिएका छन् ।

    एउटा मुद्दामा पक्ष रहेकी महिलालाई सहवासको प्रस्ताव राखेको उजुरीपछि उनलाई न्याय परिषद्ले जिम्मेवारीबाट झिकेर छानबिन अगाडि बढाएको हो ।

    एक सातापहिले नै उजुरी परेपछि न्यायाधीश थापालाई न्याय परिषद्मा तानिएको हो । उनी न्याय परिषद्मै हाजिर गरिरहेका छन् । थापा तानिएपछि रसुवामा न्यायाधीश ध्रुव उप्रेतीलाई जिम्मेवारी दिइएको छ ।

    न्याय परिषद् स्रोतका अनुसार, न्यायाधीशले महिलालाई पठाएको म्यासेज पनि उजुरीमा संलग्न छ । बहुविवाहको मुद्दा खेपिरहेकी महिलासँग सरकारी वकिलमार्फत नजिकिएर यस्तो प्रस्ताव गरेको पीडितको उजुरी छ ।

    पीडितको उजुरीपछि जिल्ला सरकारी वकिल कार्यालयका जिल्ला न्यायाधिवक्ता विमल थापासँग पनि महान्यायाधिवक्ताको कार्यालयले बोलाएर सोधपुछ गरेको छ ।

    महान्यायाधिवक्ता कार्यालयसँगको सोधपुछका क्रममा भने पीडित महिलाले सरकारी वकिलसँग गुनासो नरहेको बताएकी छन् । 


    प्रतिक्रिया दिनुहोस