बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • उच्च अदालतका चार न्यायाधीश मुख्य न्यायाधीशमा सिफारिस


    हुलाक प्रेस

    • शुक्रबार, जेठ ३० २०८२०२:०३
    उच्च अदालतका चार न्यायाधीश मुख्य न्यायाधीशमा सिफारिस

    काठमाडौँ । न्याय परिषद्ले चार जना उच्च अदालतका न्यायाधीशलाई मुख्य न्यायाधीश पदमा नियुक्तिका लागि  सिफारिस गरेको छ । 

    शुक्रबार बिहान बसेको न्याय परिषद् बैठकले उच्च अदालतका न्यायाधीशहरू राजनप्रसाद भट्टराई,लालबहादुर कुँवर, हरिप्रसाद भण्डारी र राजेन्द्र तिवारीलाई मुख्य न्यायाधीशका लागि सिफारिस गरेको हो । 

    भट्टराई हाल उच्च अदालत जनकपुर,अस्थायी इजलास वीरगञ्जमा कार्यरत रहेकोमा उच्च अदालत विराटनगरको मुख्य न्यायाधीशमा सिफारिस भएका छन् । कुँवर हाल उच्च अदालत पाटनमा कार्यरत न्यायाधीशलाई त्यहीँ उच्च अदालत पाटनकै मुख्य न्यायाधीशमा सिफारिस गरिएको छ । 

    भण्डारी हाल उच्च अदालत विराटनगर, अस्थायी इजलास ओखलढुंगामामा रही काजमा तुलसीपुर इजलासमा रहेकोमा उच्च अदालत सुर्खेतको मुख्य न्यायाधीशमा सिफारिस गरिएको छ । यसैगरी तिवारी हाल उच्च अदालत तुलसीपुर, बुटवल इजलासमा कार्यरत रहेकोमा उच्च अदालत तुलसीपुरकै मुख्य न्यायाधीशमा नियुक्त गरिएको हो ।

    high court chief judge.jpg


    प्रतिक्रिया दिनुहोस