शुक्रबार, असोज ३० गते २०८३
  • यो साता चर्चामा :
  • यो हप्ता बलिउडमा 'साहरुख खान भर्सेज प्रभास', कस्ले मार्ला बाजी ?


    हुलाक प्रेस

    • बुधबार, पुस ४ २०८०१०:५०
    यो हप्ता बलिउडमा 'साहरुख खान भर्सेज प्रभास', कस्ले मार्ला बाजी ?

    एजेन्सी । यो हप्ता बलिउडमा दुइ अभिनेता साहरुख खान भर्सेज प्रभास हुने देखिएको छ । 

    साहरुख खानको बहु प्रतिक्षित फिल्म 'डंकी' र प्रभासको फिल्म 'सलार' यसै हप्ता रिजिलको तयारीमा छ । 

    बलिउड सुपरस्टार शाहरुख खान र अर्का सुपरस्टार प्रभासको फिल्मको फ्यानहरुबिच सामाजिक सञ्जालमाचर्चा चुलिएको छ । 

    साहरुख खानको 'डंकी' र प्रभासको 'सलार' 'डायोस्टिपियोन ड्रामा'को लागि दर्शक उत्तिकै उत्साहित छन् । दुबै फिल्महरुको 'प्रि बुकिङ' मा राम्रो प्रतिक्रिया पाएका छन् । 

    'सलार' लाई केजिएफका प्रसिद्ध निर्देशक प्रसान्त निलले निर्देशन गरेका छन् भने 'डंकी' लाई बलिउड स्टार निर्देशक राजु हिरानीले गरेका छन् । 

    'डंकी' मा साहरुख खान हार्डीको भूमिकामा देखिएका छन् । यो फिल्म डिसेम्बर २१ मा प्रर्दशन हुनेछ । 
    प्रभासको 'सलार' पार्ट १ सिजफायर २२ डिसेम्बरमा प्रर्दशन हुनेछ । 

    यी दुई अभिनेतको फिल्मले यो हप्ता बलिउड तातिने अनुमान सहजै लगाउन सकिन्छ । 


  • सम्बन्धित विषय:

  • # #bollywood
  • प्रतिक्रिया दिनुहोस