बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • अमेरिकामा २ सांसदलाई घरभित्रै पसेर गोली हानियो


    हुलाक प्रेस

    • शनिबार, जेठ ३१ २०८२११:५५
    अमेरिकामा २ सांसदलाई घरभित्रै पसेर गोली हानियो

    काठमाडौँ । अमेरिकाको मिनेसोटाका दुई डेमोक्र्याटिक सांसदलाई उनीहरूको घरमै पसेर गोली हानिएको छ ।

    अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार डेमोक्र्याटिक राज्य प्रतिनिधि मेलिसा होर्टम्यान र उनका पति मार्कलाई गोली हानी मारिएको हो । 

    यस्तै डेमोक्र्याटिक स्टेट सिनेटर जोन हफम्यान र उनकी श्रीमती यभेटलाई पनि धेरैपटक गोली हानिएको छ । उनीहरू भने घाइते मात्र भएका छन् । दुवै जनाको शल्यक्रिया गरिएको छ भने उनीहरू बाँच्ने सम्भावना रहेको डाक्टरहरूले बताएका छन् । 

    यो जानकारी मिनेसोटाका गभर्नर टिम वाल्जले दिएका हुन् । उनका अनुसार यो आक्रमण राजनीतिक कारणले गरिएको देखिन्छ । प्रहरीका अनुसार उल्लिखित दुई सांसदका घर एकअर्काबाट केही माइलको दूरीमा च्याम्पलिन र ब्रुकलिन पार्कमा छन् । 

    ब्रुकलिन पार्कका मानिसहरूलाई घर भित्रै बस्न भनिएको छ । प्रहरीले कुनै अपरिचित व्यक्तिले ढोका ढकढक्यायो भने ढोका नखोल्न बरु ९११ मा फोन गरेर जानकारी गराउन भनेको छ । यो आक्रमण राजनीतिक कारणले गरिएको हो वा अन्य कारण भन्ने विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।


    प्रतिक्रिया दिनुहोस