काठमाडौं । सर्वोच्च अदालतमा प्रस्तावित ६ न्यायाधीशको नाम संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएको छ । समितिको बुधबार बसेको बैठकले न्यायाधीशमा सिफारिस भएकाहरूको नाम अनुमोदन गरेको हो ।
गएको मंसिर ५ गते न्याय परिषद्ले उनीहरूलाई सर्वोच्चमा नियुक्तिको सिफारिस गरेको थियो ।
मंसिर २९ देखि संसदीय सुनुवाइ समितिले प्रस्तावित न्यायाधीशहरूको सुनुवाइ थालेको थियो । सोमबार सुनुवाइ सकिएको थियो ।
संसदीय सुनुवाइ समितिबाट अनुमोदित हुने ६ न्यायाधीशमा सुनीलकुमार पोखरेल, बालकृष्ण ढकाल, महेश शर्मा पौडेल, टेकप्रसाद ढुंगाना, सारंगा सुवेदी र अब्दुल अजीज मुसलमान छन् ।