बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • नेपालबाट आजदेखि ४० मेगावाट विजुली निर्यात शुरु


    हुलाक प्रेस

    • आइतबार, असार १ २०८२११:२९
    नेपालबाट आजदेखि ४० मेगावाट विजुली निर्यात शुरु

    काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले ४० मेगावाट विद्युत् बंगलादेश निर्यात सुरु गरेको छ । प्राधिकरणले भारतीय प्रसारण लाइन हुँदै आजदेखि बंगलादेमा विद्युत निर्यात गर्न सुरु गरेको हो ।  

    गत वर्ष कात्तिक १८ गते पहिलोपटक १२ घण्टाका लागि भारतीय प्रसारण लाइन हुँदै बंगलादेश विद्युत् निर्यात गरिएको थियो । 

    गत वर्ष असोज १७ गते नेपाल विद्युत् प्राधिकरण, बंगलादेश पावर डेभलपमेन्ट बोर्ड र एनटीपिसी विद्युत् व्यापार निगम लिमिटेड भारतबीच विद्युत् बिक्री सम्झौतामा हस्ताक्षर भएसँगै कात्तिक १८ गते दिउँसो १२ देखि राति १२ बजेसम्म जम्मा १२ घण्टामात्र विद्युत् निर्यात भएको थियो ।

    नेपालले हरेक वर्ष पाँच महिना वर्षात्‌को समयमा बढी भएको बिजुली छिमेकी मुलुक भारतलाई निर्यात गर्दै आएको छ । गत वर्ष बंगलालादेशसँग विद्युत् निर्यात सम्झौता गरेको नेपालले त्यसबेला जम्मा १२ घण्टामात्र विद्युत् निर्यात गर्न पाएको थियो । यो वर्ष भने आजदेखि पाँच महिना निरन्तर बंगलादेशमा विद्युत् निर्यात गर्नेछ ।


    प्रतिक्रिया दिनुहोस