बुधबार, असोज २८ गते २०८३
  • यो साता चर्चामा :
  • बढ्यो पेट्रोल र डिजेलको मूल्य


    हुलाक प्रेस

    • आइतबार, असार १ २०८२१०:४०
    बढ्यो पेट्रोल र डिजेलको मूल्य

    काठमाडौँ । नेपाल आयल निगमले साेमबारदेखि लागु हुनेगरी पेट्रोल र डिजेलको मूल्य बढाएको छ । आइतबार निगमले जारी गरेकाे प्रेस विज्ञप्ति अनुसार पेट्रोलमा प्रतिलिटर एक रुपैयाँ र  डिजेलमा प्रतिलिटर दुई रुपैँया मूल्य बढेको छ । 

    इण्डियन आयल कर्पोरेशनबाट आज १५ जुन २०२५ (असार ०१ २०८२) मा प्राप्त पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्य अनुसार प्रति लिटर पेट्रोलमा रु. १‍‍.४१ र डिजेलमा रु. १.६७ ले बढेर आएको निगमले जनाएकाे छ।

    निगम सञ्चालक समितिको निर्णय बमोजिम भाेलिदेखि लागु हुनेगरी साविकको खुद्रा बिक्री मूल्यमा प्रति लिटर पेट्रोलमा रु.१ र डिजेल/मट्टितेलमा प्रति लिटर रु. २ ले बढाइएको निगमद्वारा जारी गरिएको प्रेस विज्ञप्तिमा उल्लेख छ । 


    प्रतिक्रिया दिनुहोस