बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • महाप्रसादको हस्ताक्षर भएको ६ करोड ३० लाख थान नोट आजदेखि चलनचल्तीमा


    हुलाक प्रेस

    • सोमबार, असार २ २०८२१२:२३
    महाप्रसादको हस्ताक्षर भएको ६ करोड ३० लाख थान नोट आजदेखि चलनचल्तीमा

    काठमाडौँ । निवर्तमान गभर्नर महाप्रसाद अधिकारीले हस्ताक्षर गरेको ६ करोड ३० लाख थान नोट आजदेखि चलनचल्तीमा आएको छ ।  

    नेपाल राष्ट्र बैँकले १० रुपैयाँ दरका ६३ करोड रुपैयाँ बराबरको नोट सोमबारदेखि बजारमा पठाएको मुद्रा व्यवस्थापन विभागका कार्यकारी निर्देशक रामु पौडेलले जानकारी दिए ।

    सङ्केत नं‍ दर/ ३२ ०००००१ देखि प/९४ ९९९९९९ सम्म नम्बर रहेको उक्त नोटको बायाँतर्फ सगरमाथाको चित्र र दायाँतर्फ लालीगुराँसको पानी छाप रहेको छ । नोटको तल्लो भागको बोर्डरमा ‘वि.सं. २०८१’ लेखिएको राष्ट्र बैँकले जनाएको छ ।


    प्रतिक्रिया दिनुहोस