शुक्रबार, असोज ३० गते २०८३
  • यो साता चर्चामा :
  • पत्रकार पाठकलाई कानुन बमोजिमबाहेक धरपकड नगर्न उच्च अदालतको आदेश


    हुलाक प्रेस

    • सोमबार, असार २ २०८२०७:३६
    पत्रकार पाठकलाई कानुन बमोजिमबाहेक धरपकड नगर्न उच्च अदालतको आदेश

    काठमाडौँ । उच्च अदालत पाटनले दिलभूषण पाठकलाई ‘कानुनबमोजिम बाहेक धरपकड नगर्न’ प्रहरीलाई अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।

    उच्च अदालतका न्यायाधीश ऋषि राजभण्डारीको एकल इजलासले पाठकका तर्फबाट दायर निषेधाको निवेदनमा सुनुवाइ गरेपछि यो आदेश जारी गरेको हो। अन्तरिम आदेशका लागि छलफलका लागि अदालतले असार ५ गते (पर्सि) दुवै पक्षलाई बोलाएको छ ।

    आदेशमा लेखिएको छ, ‘निवेदकले अन्तरिम आदेशसमेत माग गरेको सन्दर्भमा विचार गर्दा दुवै पक्षलाई छलफलमा सहभागी गराई दुवैको कुराहरू सुनी अन्तरिम आदेश जारी गर्न पर्ने वा नपर्ने सम्बन्धमा आदेश गर्न उपयुक्त देखिँदा मिति २०८२।०३।०५ गतेलाई छलफलको मिति तोकी सो अवधिसम्म निवेदनको गम्भीरतालाई विचार गरी यी निवेदक दिलभूषण पाठकलाई कानुनबमोजिम बाहेक धरपकड नगर्नू, नगराउनू भनी उच्च अदालत नियमावली, २०७३ को नियम ४२ (१) (क) बमोजिम विपक्षीहरूका नाउँमा अल्पकालीन अन्तरिम आदेश जारी गरिदिएको छ । प्रस्तुत आदेशको जानकारी छिटो माध्यमद्वारा विपक्षीहरूलाई दिनुहोला ।’

    Aadesh.jpg


    प्रतिक्रिया दिनुहोस