बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • काठमाडौँसहित ३७ जिल्लामा बाढीको जोखिम, सिन्धुपाल्चोकसमेत १८ वटामा ‘एल्लो वारेन्ट’


    हुलाक प्रेस

    • मंगलबार, असार ३ २०८२१०:५२
    काठमाडौँसहित ३७ जिल्लामा बाढीको जोखिम, सिन्धुपाल्चोकसमेत १८ वटामा ‘एल्लो वारेन्ट’

    काठमाडौँ । जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले हरेक दिनजस्तै आज (असार ३, मंगलबार) पनि सम्भावित बाढीबारे जानकारी र होसियारीका लागि चेतावनी जारी गरेको छ । 

    जसअनुसार आजसमेत ३ दिन कोसी, कर्णाली, महाकाली र यसका प्रमुख सहायक नदीहरू साथै पूर्वी राप्ती, पश्चिम राप्ती, कन्काई, कमला, बागमती र बबई नदीको जलसतह सतर्कता तह तलै रहने अनुमान छ । तर बाढी घटबढ भइरहने तथा नारायणी नदी र यसका प्रमुख सहायक नदीहरूको जलसतह सतर्कता तह आसपास रहने सम्भावना देखिएकाले नदी तटीय क्षेत्रमा सामान्य सतर्कता आवश्यक छ । 

    बाढी महाशाखाले दिएको जानकारीअनुसार आज काठमाडौँसहित देशका ३७ जिल्ला र आसपासका क्षेत्रमा बाढीले जोखिम निम्त्याउने सम्भावना छ । 

    आज पाँचथर, तेह्रथुम, ओखलढुंगा, ताप्लेजुङ, धनकुटा, भोजपुर, संखुवासभा, सोलुखुम्बु, दोलखा, सिन्धुपाल्चोक, सिन्धुली, खोटाङ, काभ्रे, मकवानपुर, काठमाडौँ, गोरखा, तनहु, लमजुङ, कास्की, स्याङजा, पर्वत, बागलुङ, म्याग्दी, नवलपुरपूर्व, नवलपुरपश्चिम, अर्घाखाँची, पाल्पा, रुपन्देही, बाँके, दाङ, प्युठान, जाजरकोट, बैतडी, दार्चुला, बझाङ, डोटी, डडेलधुरा र आसपासका जिल्ला भई वहने अधिकांश ससाना नदीहरूमा बहाब सामान्य बढ्ने सम्भावना रहेकाले नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन आवश्यक छ । 


    यीमध्ये बाढी महाशाखाले १८ जिल्लालाई भने पहेँलो रङ अर्थात् एल्लो वारेन्ट दिएको छ । यो सूचीमा भोजपुर, संखुवासभा, सोलुखुम्बु, दोलखा, सिन्धुपाल्चोक, सिन्धुली, खोटाङ, गोरखा, तनहु, लमजुङ, कास्की, स्याङजा, पर्वत, बागलुङ, म्याग्दी, नवलपुरपूर्व, पाल्पा र रुपन्देही छन् । 

    यो बुलेटिन तयार पार्ने हाइड्रोलोजिस्ट इन्जनियर सौहार्द्र जोशीका अनुसार पहेलो रङले जलसतह सतर्कता तह आसपास पुग्ने र बाढीको मध्यम जोखिम रहेको संकेत गर्छ । अनि हरियो रङले जलसतह सतर्कता तहभन्दा तलै रहने र बाढीको न्यून जोखिम हुने संकेत गर्छ । सुन्तला रङले भने जलसतहले सतर्कता तह पार गर्ने र बाढीको उच्च जोखिम रहेको संकेत गर्छ । रातो रङले जलसतहले खतरा तह पार गर्ने र बाढीको अति उच्च जोखिम हुने संकेत गर्छ ।

    flood.jpg


    प्रतिक्रिया दिनुहोस