शुक्रबार, असोज ३० गते २०८३
  • यो साता चर्चामा :
  • इरानले फेरि इजरायलमा हान्यो क्षेप्यास्त्र, तेहरानमा पनि विस्फोट


    हुलाक प्रेस

    • मंगलबार, असार ३ २०८२१०:५७
    इरानले फेरि इजरायलमा हान्यो क्षेप्यास्त्र, तेहरानमा पनि विस्फोट

    तेल अभिभ ।  इरानले फेरि एक पटक इजरायलतर्फ मिसाइल प्रहार गरेको इजरायली रक्षा बल (आईडीएफ)ले बताएको छ । 
    यसैबिच, इरानी सरकारी मिडियाले मंगलबार बिहान तेहरानमा धेरै नयाँ विस्फोटहरू भएको पुष्टि गरेको छ । आईडीएफले आफ्नो एक्स एकाउन्टमा एक पछि अर्को पोस्ट गर्दै विस्फोटको जानकारी दिएको छ । 

    पोष्टका अनुसार इरानले उत्तरी र मध्य इजरायलमा क्षेप्यास्त्र आक्रमण गरेको र त्यसपछि यी क्षेत्रहरूमा हवाई साइरन बज्न थालेको बताइएको छ । आईडीएफका अनुसार क्षेप्यास्त्र आक्रमणपछि लाखौं इजरायली नागरिकहरू सुरक्षित स्थानहरूमा आश्रय लिनु परेको थियो । 

    अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार तेहरानमा धेरै विस्फोटहरू भएको र वायु रक्षा प्रणालीले भारी गोलाबारी गरेको इरानी मिडियाले खबर छापेका छन् ।


    प्रतिक्रिया दिनुहोस