काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा ६ जना न्यायाधीश नियुक्त गरेका छन् ।
बुधबार संसदीय सुनुवाइ समितिले ६ जना न्यायाधीशको नाम सर्वोच्चमा गरेको अनुमोदनलाई राष्ट्रपति पौडेलले स्वीकृत गर्दै नियुक्त्त गरेका हुन् ।
सर्वोच्चको न्यायाधीशमा सारंगा सुवेदी, अब्दुल अजिज मुसलमान, महेश शर्मा पौडेल, टेकप्रसाद ढुंगाना, सुनिलकुमार पोखरेल र बालकृष्ण ढकाललाई नियुक्त गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिइन् ।