बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • व्यवसायी अग्रवाल थर्मल गन बिक्री मुद्दामा निर्दोष ठहर, साढे २५ लाख धरौटी फिर्ता गर्न आदेश


    हुलाक प्रेस

    • मंगलबार, असार ३ २०८२१०:२१
    व्यवसायी अग्रवाल थर्मल गन बिक्री मुद्दामा निर्दोष ठहर, साढे २५ लाख धरौटी फिर्ता गर्न आदेश

    काठमाडौं । उच्च अदालत पाटनले व्यवसायी सुलभ अग्रवाललाई कोरोना महामारीको समयमा थर्मल गन अनियमित मूल्यमा बिक्री गरेको आरोपमा जिल्ला अदालतको निर्णय उल्ट्याउँदै सफाइ दिएको छ ।

    अग्रवाललाई २०८० असारमा आंशिक दोषी ठहर गरिएको थियो । तर उच्च अदालतले यो फैसलामा सुधार गर्दै प्रमाण अभावका कारण उनलाई निर्दोष ठहर गरेको छ ।

    अग्रवालको साथबाट १४५ थान थर्मल गनमध्ये ६७ थान मात्रै बरामद भएको थियो । ७८ थानको बिक्रीको बारेमा कुनै पक्का प्रमाण प्रस्तुत गर्न सकिएको थिएन । साथै, थर्मल गनको मूल्य पनि स्पष्ट रूपमा प्रमाणित हुन नसकेको भन्दै अदालतले सफाइ दिएको हो ।

    अग्रवालले २०७६ चैतमा नक्सालबाट पक्राउ परेका थिए । उनलाई कालोबजार ऐन, २०३२ अन्तर्गत मुद्दा दर्ता गरिएको थियो ।
    उच्च अदालतको फैसलाले उनलाई दोषी ठहर नगरी सफाइ दिएको छ । यसका साथै २५ लाख ५० हजार रुपैयाँ धरौटी फिर्ता गर्ने आदेश पनि दिइएको छ ।


    प्रतिक्रिया दिनुहोस