बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • इजरायलमा अमेरिकी दूतावास बन्द, कूटनीतिक सेवा स्थगित


    हुलाक प्रेस

    • बुधबार, असार ४ २०८२०९:२५
    इजरायलमा अमेरिकी दूतावास बन्द, कूटनीतिक सेवा स्थगित

    काठमाडौं । अमेरिकाले इजरायलको जेरुसेलमस्थित उसको दूतावास इरान–इजरायलबीचको जारी द्वन्द्वका कारण बुधबारदेखि शुक्रबारसम्म बन्द गरेको छ । 

    अमेरिकी दूतावासले सुरक्षा चेतावनी जारी गर्दै आफ्ना कर्मचारी र उनीहरूका परिवारलाई अर्को सूचना नभएसम्म घरभित्रै सुरक्षित बस्न निर्देशन दिएको सीएनएनले जनाएको छ । यो सँगै जेरुसेलम र तेलअभिभका कन्सुलर सेवा पनि स्थगित गरिएको छ । 

    “अहिलेसम्म अमेरिकी नागरिकहरूको उद्दारका लागि कुनै विशेष घोषणा गरिएको छैन । तर, विदेश विभागले सधैँ संकटको बेलामा उद्दार योजना बनाउने गर्छ,” दूतावासले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “नयाँ जानकारी उपलब्ध हुन्छ, अमेरिकी नागरिकहरूलाई सूचित गरिनेछ ।” सीएनएन


    प्रतिक्रिया दिनुहोस