बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • फेरि बढ्यो सुनको मुल्य


    हुलाक प्रेस

    • बुधबार, असार ४ २०८२१२:३८
    फेरि बढ्यो सुनको मुल्य
    काठमाडौँ । गत जेठ २७ गतेदेखि अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य निरन्तर बढिरहेको छ । आज बजार खुल्दा मङ्गलबारको तुलनामा सुन तोलामा रु ९०० र चाँदी रु ६५ ले बढेको हो । 
     
    नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मोल रु एक लाख ९५ हजार ५०० कायम भएको छ भने एक तोला चाँदी रु दुई हजार २२५ मा कारोबार भइरहेको छ । 
     
    अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुन तीन हजार ३९३ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । 
    रासस


    प्रतिक्रिया दिनुहोस