शुक्रबार, असोज ३० गते २०८३
  • यो साता चर्चामा :
  • भ्रष्टाचार मुद्दामा नागार्जुनका मेयर बस्नेत दोषी, ९ करोड २२ लाख घुस खाएको ठहर


    हुलाक प्रेस

    • शुक्रबार, असार ६ २०८२०६:१५
    भ्रष्टाचार मुद्दामा नागार्जुनका मेयर बस्नेत दोषी, ९ करोड २२ लाख घुस खाएको ठहर

    काठमाडौँ । भ्रष्टाचार मुद्दामा नागर्जुन नगरपालिकाका मेयर मोहनबहादुर बस्नेत दोषी ठहर भएका छन् । 

    उनीविरुद्ध २०८१ पुष १४ गते मुद्दा दायर भएको थियो । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्य रामबहादुर थापाको इजलासले उनलाई दोषी ठहर गरेको हो ।  

    बस्नेतले राजु कँडेलबाट ९ करोड २२ लाख रुपैयाँ लिएको ठहरसहित सम्पती शुद्धिकरणमा समेत दोषी ठहर गरेको छ । अदालतले १३ करोड १२ लाख रुपैयाँ अवैध सम्पतीलाई वैध गरेको पाइएको पनि ठहर गरेको छ ।   

    उनीविरुद्ध के सजाय हुने भन्नेबारे आदेश गर्न भने विशेष अदालतले असार १६ गतेलाई पेसी तोकेको छ ।  


    प्रतिक्रिया दिनुहोस