काठमाडौँ । दार्चुलाका जिल्ला न्यायाधीश पुष्पराज पाण्डे सर्वोच्च अदालत तानिएका छन् । सर्वोच्च अदालतमा काजमा रहने गरी पाण्डेलाई जिल्लाको जिम्मेवारीबाट वञ्चित गरिएको हो ।
उनको आचरणको विषयमा प्रश्न उठेपछि प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले सर्वोच्च झिकाउन लगाएका हुन् ।
न्याय परिषद् स्रोतका अनुसार उनीमाथि खराब आचरणको आरोपमा कारबाही प्रक्रिया अघि बढाइएको छ । 'उहाँको कर्मचारीसँग पनि केही समस्या देखियो । प्रधानन्यायाधीशज्यूले यस्ता कुरामा शून्य सहनशीलताको नीति अपनाउनु भएको छ । त्यसैअनुसार उहाँ काजमा तानिनु भएको छ' स्रोतले भन्यो ।