बुधबार, असोज २८ गते २०८३
  • यो साता चर्चामा :
  • तीन परमाणु केन्द्रमा अमेरिकाको आक्रमण, इरानले के भन्यो ?


    हुलाक प्रेस

    • आइतबार, असार ८ २०८२११:०१
    तीन परमाणु केन्द्रमा अमेरिकाको आक्रमण, इरानले के भन्यो ?

    काठमाडौं । आफ्नो देशका तीन परमाणु केन्द्रमा अमेरिकाले आक्रमण गरेको इरानी अधिकारीहरूले पुष्टि गरेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसअघि ती परमाणु केन्द्रमा सफल आक्रमण गरिएको बताएका थिए ।

    इरानी मिडियाका अनुसार, त्यहाँका अधिकारीहरूले इस्फहान, नटान्ज र फोर्डो आणविक केन्द्रमाथि आक्रमण गरिएको पुष्टि गरेका हुन् ।

    इस्फहानका उपगभर्नर अकबर सालेहीले इस्फहान र नटान्जका आणविकस्थलनजिकै आक्रमण देखिएको बताएका बीबीसीले जनाएको छ ।

    इरानको सरकारी मिडियाका उपराजनीतिक निर्देशक हसन अबेदिनीले पनि टेलिभिजनमा प्रत्यक्ष प्रसारणमा यी तीन आणविकस्थललाई केही समयअघि खाली गरिएको बताए । ट्रम्पले भनेको सत्य भए पनि इरानले ठूलो क्षति भोग्नु नपरेको उनले उल्लेख गरे । किनभने, त्यहाँका सामग्री पहिल्यै बाहिर निकालिएको उनले बताए । 

    “केही घण्टाअघि कुमको हवाई रक्षा प्रणाली सक्रिय भएपछि फोर्डो आणविकस्थलको एक हिस्सामाथि शत्रु वायुसेनाले आक्रमण गरेको छ,” कुम क्षेत्रको संकट व्यवस्थापन केन्द्रका प्रवक्ताले भने ।


    प्रतिक्रिया दिनुहोस