बुधबार, असोज २८ गते २०८३
  • यो साता चर्चामा :
  • कतारको रक्षा मन्त्रालयले भन्यो: इरानी मिसाइल आक्रमणबाट कुनै मानवीय क्षति भएको छैन


    हुलाक प्रेस

    • सोमबार, असार ९ २०८२११:३९
    कतारको रक्षा मन्त्रालयले भन्यो:  इरानी मिसाइल आक्रमणबाट कुनै मानवीय क्षति भएको छैन

    काठमाडौं । कतारमा इरानी मिसाइल आक्रमणपछि कतारको रक्षा मन्त्रायले अल उदैद एयर बेसलाई लक्षित गरी प्रक्षेपण गरिएको मिसाइल विफल भएको जानकारी दिएको छ ।  

    मन्त्रालयले एक विज्ञप्ती जारी गर्दै इरानी मिसाइल आक्रमणबाट कुनै पनि मानवीय क्षति नभएको स्पस्ट पारेको छ । 

    यता, इरानको इस्लामिक रिभोल्युशनरी गार्ड कर्प्स (आईआरजीसी) ले एक विज्ञप्ति जारी गर्दै अमेरिकाले इरानको आणविक केन्द्रमाथि आक्रमण गरेपछि यसको जवाफ स्वरूप कतारको अल उदैद एयर बेसमाथि ‘शक्तिशाली र विनाशकारी मिसाइल आक्रमण’ गरिएको जनाएको छ ।

    विज्ञप्तिमा भनिएको छ, ‘ईश्वर र इरानका इमानदार, गर्विलो जनतामा विश्वास राख्दै, इस्लामिक गणतन्त्र इरानले आफ्नो भू–अखण्डता, सार्वभौमिकता वा राष्ट्रिय सुरक्षामाथि भएको कुनै पनि आक्रमणलाई कहिल्यै विना उत्तर छोड्ने छैन।’

    press_YvVpWLCLGU.jpg
    undefined


    प्रतिक्रिया दिनुहोस