बुधबार, असोज २८ गते २०८३
  • यो साता चर्चामा :
  • सुनको मूल्य घट्ने क्रम जारी, कतिमा भइरहेको छ कारोबार ?


    हुलाक प्रेस

    • बुधबार, असार ११ २०८२१२:११
    सुनको मूल्य घट्ने क्रम जारी, कतिमा भइरहेको छ कारोबार ?

    काठमाडौं । घरेलु बजारमा बुधबार सुनको मूल्य घटेको छ । अघिल्लो दिन १७ सय रुपैयाँले घटेको सुनको मूल्य आज पनि घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १५ सय रुपैयाँले घटेको छ 

    महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ९२ हजार रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन सुनको मूल्य प्रतितोला १ लाख ९३ हजार ५ सयमा कारोबार भएको थियो ।  

    यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । चाँदी आज २० रुपैयाँले घट्दै प्रतितोला २ हजार १४० रुपैयाँ कायम भएको छ ।


    प्रतिक्रिया दिनुहोस