बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • दिउँसो मध्यमदेखि भारी, राति धेरै भारी वर्षाको सम्भावना


    हुलाक प्रेस

    • शुक्रबार, असार १३ २०८२०८:४७
    दिउँसो मध्यमदेखि भारी, राति धेरै भारी वर्षाको सम्भावना

    काठमाडौं । सातवटै प्रदेशमा आज वर्षाको सम्भावना रहेको छ । केही प्रदेशमा मध्यमदेखि भारी वर्षा हुँदा केहीमा धेरै भारी वर्षाको पनि सम्भावना छ । 

    जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भूभागका केही स्थानमा र बाँकी भूभागका थोरै स्थानमा मेघगर्जन रचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । 

    गण्डकी, लुम्बिनी, कर्णाली, सुदूरपश्चिम, कोसी र वाग्मती  प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । 

    सबै प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना छ । कोसी, वाग्मती, गणडकी र लुम्बिनी प्रदेशका तराईका भूभागका तथा मधेस प्रदेशको थोरै स्थानमा हावाहुरीको पनि सम्भावना छ ।

    विभागले राति देशभर आंशिकदेखि साधारणतया बदली रहने बताएको छ । कोसी, वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थान र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । 

    कोसी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको पनि सम्भावना छ । 

    कोसी र वाग्मती प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा तथा बाँकी उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना छ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको विभागले बताएको छ ।


    प्रतिक्रिया दिनुहोस