बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • नेपाल राष्ट्र बैंकले माग्यो विभिन्न पदमा ६७ कर्मचारी, पुस २६ भित्र दरखास्त दिन सकिने


    हुलाक प्रेस

    • शुक्रबार, पुस ६ २०८००८:०९
    नेपाल राष्ट्र बैंकले माग्यो विभिन्न पदमा ६७ कर्मचारी,  पुस २६ भित्र दरखास्त दिन सकिने

    नेपाल राष्ट्र बैंकले विभिन्न पदहरूमा कर्मचारी माग गरेको छ । 

    शुक्रबार सूचना प्रकाशन गर्दै राष्ट्रबैंकले अधिकृत तृतीय श्रेणीको सहायक निर्देशकदेखि द्वितिय श्रेणीको सहायकसम्मका लागि ६७ जनाको लागि दरखास्त आह्वान गरेको हो।
     
    अधिकृत तृतीय श्रेणीको सहायक निर्देशक १९ जना, लेखा तथा लेखापरीक्षणतर्फ अधिकृत तृतीय श्रेणीका लागि ५ जना, वाणिज्य कानुनतर्फ २ जना, सूचना प्रविधितर्फ ६ जनाका, सहायक द्वितीय श्रेणी अन्तर्गत कानुनतर्फ ४ जना र सूचना प्रविधितर्फ ११ जना कर्मचारी माग गरेको छ । 

    इच्छुक र योग्यता पुगेका नेपाली नागरिकहरूले राष्ट्रबैंकको अनलाइनमार्फत पुस २६ भित्र दरखास्त दिन सक्ने सूचनामा उल्लेख छ । 

    nrb-1703209529.jpg


  • सम्बन्धित विषय:

  • # #rastrabankvacancy
  • प्रतिक्रिया दिनुहोस