बुधबार, असोज २८ गते २०८३
  • यो साता चर्चामा :
  • इजरायल, इरान वा मध्यपूर्वका देशमा पहिलेजस्तै जान सकिने


    हुलाक प्रेस

    • मंगलबार, असार १७ २०८२०९:४६
    इजरायल, इरान वा मध्यपूर्वका देशमा पहिलेजस्तै जान सकिने

    काठमाडौँ । परराष्ट्र मन्त्रालय इजरायल र इरान एवं मध्यपूर्वका अन्य मुलुकहरूका पहिलाको जस्तै यात्रा गर्न सकिने जनाएको छ । 

    मंगलबार विज्ञप्ति प्रकाशित गरी परराष्ट्रले ‘प्रचलित अध्यागमन नियम तथा प्रक्रियाहरूको पालना गरी पूर्ववत रुपमा ती मूलुकहरूको यात्रा गर्न सकिने’ स्पष्ट पारेको हो ।

    इजरायल र इरानबीचको द्वन्द्वका कारण सरकारले इजरायल र इरानमा रहेका नेपाली नागरिकहरू तथा नेपालबाट इजरायल, इरान वा मध्यपूर्वका अन्य मुलुकहरूको भ्रमण वा वैदेशिक रोजगारीमा जान चाहने नेपाली नागरिकहरुलाई लक्षित गरी यही असार ४ गते यात्रा सम्बन्धी जानकारी (ट्राभल एड्भाइजरी) जारी गरेको थियो ।

    ‘इजरायल र इरानबीच विद्यमान द्वन्द्व मिति २०८२ असार ९ (तदनुसार २३ जुन २०२५) का दिन द्वन्द्वरत दुवै पक्षबीच युद्धविराम भएपश्चात अन्त्य भएको र हाल त्यहाँ क्रमश: शान्ति बहाली भई जनजीवन सामान्यतर्फ उन्मुख हुँदै गएको जानकारी प्राप्त भएकोले यो सूचना प्रकाशित भएको मितिदेखि लागू हुने गरी इजरायल र इरान एवं मध्यपूर्वका अन्य मुलुकहरुका प्रचलित अध्यागमन नियम तथा प्रक्रियाहरुको पालना गरी पूर्ववत रुपमा ती मूलुकहरुको यात्रा गर्न सकिने व्यहोरा सम्बन्धित सबैलाई जानकारीका लागि अनुरोध गरिन्छ’ मन्त्रालयले मंगलबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।


    प्रतिक्रिया दिनुहोस