बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • अमेरिकाले बम हानेको इरानको फोर्डो आणविक स्थलका नयाँ स्याटेलाइट तस्बिर सार्वजनिक


    हुलाक प्रेस

    • बुधबार, असार १८ २०८२०९:३५
    अमेरिकाले बम हानेको इरानको फोर्डो आणविक स्थलका नयाँ स्याटेलाइट तस्बिर सार्वजनिक

    काठमाडौँ । अमेरिकाले आक्रमण गरेको इरानको फोर्डो आणविक स्थलको नयाँ स्याटेलाइट तस्बिर सार्वजनिक भएका छन् ।

    बीबीसीका अनुसार म्याक्सर टेक्नोलोजीको उपग्रह मंगलबार यस इरानी आणविक स्थलमाथिबाट गएको थियो ।

    स्याटेलाइट तस्बिरहरूले फोर्डो आणविक स्थलमा बम विस्फोटबाट सिर्जना भएका क्रेटरनजिकै मेसिनहरू काम गरिरहेको देखाउँछन् । तस्बिरमा क्रेनको छाया स्पष्ट रूपमा देखिन्छ । यो क्रेन बम विस्फोटबाट असर परेका स्थानमा काम गरिरहेको देखिन्छ ।

    आणविक स्थलको पूर्वी भागमा नयाँ सडक बनेको पनि देखिन्छ । विज्ञान तथा अन्तर्राष्ट्रिय सुरक्षा संस्थानका आणविक हतियार विज्ञ डेभिड अल्ब्राइटले तस्बिरहरूको विश्लेषण गरेका छन् ।

    उनले भनेका छन्, ‘अहिले आणविक स्थलमा भएको क्षतिको मात्र मूल्यांकन भइरहेको छ । त्यसपछि चाँडै सफाइ र मर्मत पनि थालिनेछ ।’

    जुन १३ मा इजरायलले इरानमा आक्रमण गरेपछि दुई देशबीच जारी युद्धमा अमेरिका पनि जुन २२ मा इरानका फोर्डो, नातान्ज र इस्फहान आणविक स्थलहरूमा बम हानेर प्रत्यक्ष संलग्न भएको थियो ।

    बदलामा इरानले पनि जुन २३ मा कतारस्थित अमेरिकी सैन्य अड्डामा क्षेप्यास्त्र हानेपछि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले भोलिपल्टै जुन २४ मा इजरायल र इरानबीच युद्धविराम भएको घोषणा गरेका थिए ।


    प्रतिक्रिया दिनुहोस