बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • १३ घण्टादेखि न्यायाधीश छलफलमा व्यस्त, रातको १२ बज्दा पनि आएन फैसला


    हुलाक प्रेस

    • बिहीबार , असार १९ २०८२१२:११
    १३ घण्टादेखि न्यायाधीश छलफलमा व्यस्त, रातको १२ बज्दा पनि आएन फैसला

    काठमाडौं । सर्वाेच्च अदालतको संवैधानिक इजलासमा १३ घण्टादेखि न्यायाधीशहरु छलफलमै रहेका कारण फैसला ढिलाइ भएको छ । पत्रकार र कानून व्यवसायीलाई राति अबेर इजलासमा बोलाइएको छ ।

    संवैधानिक इजलासमा सर्वोच्चका प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, न्यायाधीशहरु सपना प्रधान मल्ल, मनोजकुमार शर्मा, कुमार चुडाल र नहकुल सुवेदी रहेका छन् ।

    फैसला सुन्न इजलासमा रिट निवेदकहरु जम्मा भएका छन् । संवैधानिक आयोगका ५२ पदाधिकारी नियुक्तिविरुद्ध परेको रिटको फैसला आउने भएपछि सबैको चासो छ ।

    अर्को दिन शुरु हुनुभन्दा अगाडि फैसला पढेर सुनाउने जानकारी इजलासमा गराइएको छ । न्यायाधीशहरुको राय बाझिएका कारण फैसलामा ढिलाई भएको बताइएको छ । रिट खारेज गर्ने,रिट जारी गर्ने र आंशिक रिट जारी गर्ने विकल्प इजलास समक्ष रहेका छन् ।

    सरकारले अध्यादेशमार्फत् कानुनमा संशोधन गरी २१ माघ २०७७ मा ३२ जना र १० असार २०७८ मा २० जना पदाधिकारी नियुक्तिका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो ।


    प्रतिक्रिया दिनुहोस