काठमाडौं । प्रभु बैंकको अध्यक्षमा किशोरजंग कार्की चयन भएका छन् । बिहिबार बसेको सञ्चालक समितिको ३८० औं बैठकले कार्कीलाई अध्यक्षमा चयन गरेको हो ।
यसैगरि बैठकले स्वतन्त्र सञ्चालकमा रमेशराज अर्याललाई मनोनित गरेको छ ।
अध्यक्ष चयन भएका कार्की नेपाल सरकारको पुर्व सहसचिव समेत हुन् । यसअघि उनले आन्तरिक राजश्व विभाग, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, अर्थ मन्त्रालयमा काम गरिसकेका छन् ।
यसैगरि स्वतन्त्र सञ्चालकमा मनोनीत अर्याल तत्कालिन एनसीसी बैंक र कुमारी बैंकका सीइओको रुपमा काम गरिसकेका छन् ।