बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • काठमाडौँ उपत्यकाका ३ सहित १९ जिल्लामा ‘एल्लो अलर्ट’, बाढीको जोखिम कहाँ- कहाँ छ ?


    हुलाक प्रेस

    • शनिबार, असार २१ २०८२१०:४४
    काठमाडौँ उपत्यकाका ३ सहित १९ जिल्लामा ‘एल्लो अलर्ट’, बाढीको जोखिम कहाँ- कहाँ छ ?

    काठमाडौँ । जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले हरेक दिनजस्तै आज (असार २१, शनिबार) पनि बाढीबारे सतर्कता सूचना जारी गरेको छ।

    महाशाखाले जारी गरेको बुलेटिनअनुसार आज बिहान बाढी मापन गर्दा कोसी, महाकाली, कमला, बागमती, पूर्वी राप्ती, पश्चिम राप्ती, बबई र कन्काई नदीको बहाब सतर्कता तहभन्दा तलै छ। तर नारायणी, कर्णाली जलाधारका केही जलमापन केन्द्रमा जलसतह बढ्दो देखिएको छ। 

    जिल्लाका दृष्टिले आज संखुवासभा, ओखलढुंगा, रामेछाप, दोलखा, सिन्धुपाल्चोक र आसपासका जिल्ला भई वहने ससाना नदीको बहाब उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिम हुने सम्भावना उच्च छ।

    यस्तै आज काभ्रेपलाञ्चोक, काठमाडौँ, ललितपुर, भक्तपुर, मकवानपुर, नुवाकोट, धादिङ, गोरखा, लमजुङ, कास्की, स्याङ्जा, बागलुङ, पर्वत, पाल्पा र आसपासका जिल्ला भई वहने ससाना नदीको बहाब उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिम हुने सम्भावना रहेकाले ती जिल्लाका नदीका तटीय क्षेत्रमा सतर्कता अपनाउन बाढी महाशाखाले सुझाव दिएको छ। 

    उल्लिखित १९ जिल्लालाई बाढी महाशाखाले पहेँलो रङ अर्थात् एल्लो अलर्ट दिएको छ। 

    साथै आज इलाम, झापा, मोरङ, ताप्लेजुङ, सुर्खेत, दैलेख, रुकुमपश्चिम, रुकुमपूर्व, सल्यान, जाजरकोट, कालिकोट, अछाम, बझाङ, डोटी र आसपासका जिल्ला भई वहने ससाना नदीको बहाब उल्लेख्य बढ्ने सम्भावना देखिएकाले ती जिल्लास्थित नदीका तटीय क्षेत्रमा सामान्य सतर्कता अपनाउन जरुरी रहेको महाशाखाले जनाएको छ। 

     


    प्रतिक्रिया दिनुहोस